काठमाडौं । भरतपुरमा रहेको कोरोना विशेष अस्पतालमा उपचार एक गराइरहेका युवकको मृत्यु भएको छ । उनलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी रहेको छ ।
उच्च ज्वरो र रुघाखोकीले ग्रसित उनी वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो ।
उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो । उनको सव अस्पतालमा नै राखिएको अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया