युएईबाट एक नेपालीको शव ल्याइयो, दुई नेपाली क्वारेन्टाइनमा

काठमाडौं । खाडी मुलुक युएईमा मृत्यु भएका एक नेपाली कामदारको शव सोमबार नेपाल ल्याइएको छ ।

सिरहाका विवेक थापाको शव युएईबाट एयर इत्तिहादको जहाजमा नेपाल आएकाे हो । उनकाे गत फागुन १० गते मृत्यु भएकाे थियो

मृतकको शव एयरपोर्टबाट सिधै पशुपति आर्यघाटमा लगेर दाहसंस्कार गरिएको बताइएको छ ।

एयरपोर्टबाट पशुपतिसम्म शव लैजानका लागि यातायातको सहयोग माग भएपछि वैदेशिक रोजगार बोर्डले शव बहान सेवा उपलब्ध गराएको वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।

यसैबीच सोही जहाजमा अन्य दुई नेपाली पनि आएका छन् । ती नेपालीलाई एयरपोर्टबाट सिधै क्वारेन्टाइनमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?