काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान पारस खड्काले कोरोना भाइरसविरुद्ध सचेत भएर बस्न आमसमर्थकलाई आग्रह गरेका छन् । सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै खड्काले समर्थकलाई भाइरसबाट बच्न र सरकारलाई सहयोग गर्न आग्रह गरेका हुन् ।
चीनबाट फैलिएको कोरोना भाइरसले हाल विश्वभर त्रास सिर्जना गरेको छ । भाइरसको कारण विश्वभर थुप्रै मानिसले ज्यान गुमाएका छन् भने लाख बढी संक्रमित छन् । भाइरसको कारण विश्वभर खेलकुदका कार्यक्रम रोकिएको छ । नेपालमा भाइरसको संक्रमण नदेखिए पनि पारसले त्यसबाट बच्न आग्रह गरेका हुन् । राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर खड्काले आफ्नो सुरक्षामा आफै अग्रसर हुँदै सबैलाई एक साथ रहन अपिल गरेका छन् ।
’यो सहज समय हैन । अहिलेको परिस्तिथीमा म र क्रिकेट टिमको तर्फबाट सबैजनालाई आग्रह गर्न चाहान्छु कि सबै जना घर बसेर, अत्यावश्यक काम बाहेक बाहिर ननिस्किएर सरकार र सम्बन्धित निकाय सबैलाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।’ उनले भिडियोमा भनेका छन् ।
यस्तो छ पारसको भिडियो सन्देश :
https://www.facebook.com/paras.khadka77/videos/10157133941632081/?t=25
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया