काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० को मातहतमा रहेको भौतिक संरचनाहरुलाई अस्थाई क्वारेन्टाईन र आइसुलेसनको रुपमा प्रयोग सकिने भएको छ ।
एन्फाले आइतबार प्रेस विज्ञप्ति निकाल्दै कोरोना भाईरसको महामारीविरुद्ध लड्न आवश्यक परेको खण्डमा आफ्नो भौतिक संरचनाहरुलाई अस्थाई क्वारेन्टाईन र आइसुलेसनको रुपमा प्रयोग गर्न सकिने जनाएको छ । एन्फाले सातदोबाटोको होस्टेल, बुटवल र धरानको एन्फा एकेडेमीको होस्टल र रौतहटको महिला एकेडेमीलाई अस्थाई क्वारेन्टाईन र आइसुलेसनको रुपमा प्रयोग गर्न सकिने जनाएको छ ।
यस्तै एन्फाले संकटको समयमा देश भरिका सबै खेलकुदका संरचनालाई पनि आवश्यक परेको खण्डमा प्रयोग गर्न र गराउन अनुरोध गरेको छ ।
प्रेस विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया