कोरोना असरः आजदेखि चन्द्रगिरी केवलकार बन्द

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कारोनाको कारण चन्द्रगिरी केवलकार आजबाट बन्द भएको छ । गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दैअत्यावस्यक बाहेकका क्षेत्रहरु बन्द गर्न निर्देशन दिएसँगै चन्द्रगिरी केवलकार बन्द गरेको हो ।

कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि भन्दै चन्द्रगिरी हिल्सको केवलकार केही दिनका लागि बन्द गरिएको जनाइएको छ ।

सरकारको निर्देशन अनुसार निर्देशनअनुसार चन्द्रगिरी हिल्सको केवलकार सेवा बन्द गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?