काठमाडौं । नेपाली कांग्रेसले चैत्र मसान्तसम्मलाई पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन गरेको छ । कांग्रेसले फागुन १६ गतेबाट समायोजन सकेका जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरण थालेको थियो ।
शनिबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा यसलाई स्थगन गरेर कोरोना सचेतना अभियानमा थप सक्रियता जनाउने उल्लेख छ ।
कांग्रेसले यसअघि कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै पार्टीका ठुला भेला र सम्मेलनहरु स्थगित गरिएको भए पनि क्रियाशिल सदस्यता नवीकरण र वितरण एवं बांकी समायोजन कार्य जारी राखेको थियो । पछिल्लो समयमा कोरोनाको जोखिमबाट बढ्दै गएकोले सतर्कताका लागि चैत ९ देखि लागू हुनेगरी क्रियाशिल सदस्यता नवीकरण र वितरण चैत मसान्तसम्मका लागि स्थगित गरिएको शर्माले जानकारी दिए ।
उनका अनुसार शहरदेखि गाउँसम्म, गाउँको टोल हुँदै घर–घरसम्म कोरोना सचेतना अभियानमा पार्टीपंक्तिको क्रियाशीलता सतर्कतापूर्वक विविध ढंगले जारी रहनेछ ।
चैत्र मसान्तसम्मलाई कृयाशिल वितरण र नविकरण स्थगन गरिएको छ ।
सचेतना अभियानमा नेपाली कांग्रेस थप सकृय हुने
१. प्राणघातक कोरोना भाइरसको जोखिम दृस्टिगत गरेर ठुला भेला र सम्मेलनहरु यसअघिनै स्थगित गरिएको भएपनी चौधौं महाधिवेशन तयारीसंग सम्बन्धित (कृयाशिल सदस्यता नवीकरण र वितरण एवं बांकी समायोजन) कार्य जारी राखिएका थिए । तर पछिल्लो समयमा अझ बढेको जोखिमबाट थप सतर्कताका लागि चैत्र ९ देखि लागु हुनेगरि ती कार्य ०७६ चैत्र मसान्तसम्मका लागि स्थगित गरिएका छन् ।
२. शहरदेखि गाउँसम्म, गाउँको टोल हुँदै घरघरसम्मझ कोरोना सचेतना अभियानमा पार्टीपंक्तिको कृयाशिलता भने सतर्कतापुर्वक विविध ढंगले जारी रहनेछ ।
३. जिल्ला, क्षेत्र, गाउँ-नगर हुँदै टोल तहसम्म जोखिम सामना गर्ने रास्ट्रीय दायित्व निर्वाहमा नेपाली कांग्रेसको सम्बन्धित तहका साथीहरूले विभिन्न दल, समुदाय र स्वास्थकर्मिहरुसंग आवश्यक समन्वय, सहयोग र स्वयंसेविको भुमिका निभाउनु हुनेछ ।
४. सचेतना अभियानमा संचारका विविध माध्यमको प्रयोगमा तिब्रता दिइनेछ ।
५. स्थलगत सांगठनिक गतिविधि रोकिएको यो अवधीमापनी मुलतः कोरोना सचेतना अभियानको आवश्यकता अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यालय खुला रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया