काठमाडौं । तोकिएको भन्दा बढी भाडा लिएको आरोपमा प्रहरीले काठमाडौंबाट २३ जनालाई पक्राउ गरेको छ । यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएको आरोपमा बारा घर भई बल्खु बस्ने ३२ वर्षीय मुकेशप्रसाद साह लगायत २३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
कोरोना भाइरसको संक्रमणले विश्वभर भयावहको रुप लिन थालेपछि राजधानी उपत्यकाबाट सर्वसाधरण नागरिकहरु बाहिरिने क्रम बढेको छ ।
काठमाडौंको बल्खु र कलंकीबाट उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा लिइरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया