कोरोनाको संक्रमण नफैलियोस् भनेर हनुमान चालिसा पाठ

काठमाडौं । विश्वभर फैलिएको कोरोनाभाइरस नियान्त्रणका लागि भन्दै गोरखामा हनुमान चालिसा पाठ गर्न थालिएको छ । गोरखाको गोरक्षनाथ वैदिक गुरुकुलमा नित्य हनुमान चालिसा पाठ गर्न थालिएको हो ।

कोरोना भाइरस वायुबाट फैलने भएकाले वायुपुत्र हनुमानलाई प्रसन्न पार्न दैनिक बिहान र साँझ हनुमान चालिसा पाठ गर्ने गरिएको हो ।

बिहान पौने नौबजे र साँझ साँढे पाँचबजे पनि हनुमान चालिसा पाठ गर्ने गरीएको गुरुकुलका अध्यक्ष पुरुषोत्तम अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?