बलात्कारपछि हत्या आरोपीको सनसनीपूर्ण बयान: ‘हत्या गरेर अम्रिसो बारीमा शव गाडेँ’

काठमाडौं- देशमा बलात्कारका घटना बढीरहेका छन् । देशका प्रमुख र महत्वपूर्ण पदमा महिला आसिन छन् तर आवश्यक कानून र तिनको कडाईपूर्वक कार्यान्वयनमा देखिएको फितलो अभ्यासले महिलाहरु अझैपनि निर्धक्कसँग हिँडडुल गर्न पाएका छैनन् । सरकारलाई नै पेचिलो विषय बनेको निर्मला बलात्कारपछि हत्या प्रकरणका दोषी आजसम्म पनि कहाँ छन् किन पक्रिइएन भन्ने जवाफ कसैले दिएका छैनन् ।

पछिल्लो बलात्कारको घटनाले किन छोरीहरुको लागि समाजमा निर्धक्क हिँडडुल गर्नेसम्म अधिकार छैन भन्ने प्रश्न सोध्न कहर लाग्छ ।

पछिल्लो  बलात्कारपछि विभत्स हत्या प्रकरण र आरोपीको बयानले सिरिङ्ग हुन्छ ।

इलाम सूर्योदय नगरपालिकाकी १७ वर्षीया नम्रता राई (नाम परिवर्तन) लाई स्थानीय एक युवाले बलात्कारपछि हत्या गरेको खुलासा भएको छ ।

कक्षा ११ मा अध्ययन गर्ने ति बलात्कारपछि हत्या भएकी बालिकालाई टाउकोमा ढुंगाले हानेर हत्या गरि अम्रीसो बारीमा गाडेको आरोपीको बयान छ । इलाम सूर्योदय नगरपालिकाका रोशन राई नामका आरोपीलाई प्रहरीले पक्राउ गरी सोधपुछ र बयान पछि जिल्ला प्रहरी कार्यालय इलामले पत्रकार सम्मेलन गरेर आरोपीलाई सार्वजनिक गरेको हो ।

गत मंगलबार कक्षा ११ को जाँच दिन विद्यालय जाँदै थिईन् नम्रता । उनको पिछा गरेका रोशनले उनलाई बलात्कार गरे । त्यसपछि पिडितले अरुलाई भनिदिन्छु भनेका कारण जंगलमा लगी हत्या गरेको रोशनले बयान दिएको इलामका प्रहरी प्रमुख बताउँछन् ।

आरोपीतको बयानअनुसार नम्रताको शव हत्या गरेर माटोमा गाडेको अवस्थामा फेला परेको थियो ।

मंगलबार बिहान विद्यालयमा परीक्षाहलमा नपुगेपछि उनको खोजतलास सुरु गरिएको थियो । खोजी गर्दै जाँदा बुधबार दिउँसो अम्लीसो बारीमा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।क्षतविक्षत अवस्थामा नम्रताको शव फेला परेको थियो । प्रहरीले घटनाको मुचुल्का उठाएर शव निकालेको थियो । शवलाई थप परिक्षणका लागि बीपी स्वास्थ्य प्रतिष्ठान धरान पठाइएको छ ।

प्रहरी सामु रोशनले बलात्कार गरेको घटना सार्वजनिक गर्छु भनेपछि नम्रताको निर्मम हत्या गरेको खुलाएका छन् । उनले बयानमा भने ढुंगाले टाउकोमा प्रहार गरेँ । त्यसपछि आफ्नै गाइ बाँध्ने गोठ नजिकै रहेको अम्लिसो बारीमा लगेर खाल्डो खनेर गाडेको हुँ ।’

यो पनि पढ्नुहोस्

७ वर्षपछि निर्भयाले पाईन् न्याय : चारजना बलात्कारीलाई झुन्डाएर फाँसी ! 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?