भण्डारीले राजपाको संयोजक सम्हाले

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारीले जिम्मेवारी सम्हालेका छन् । अध्यक्ष मण्डलको मङ्गलबार भएको बैठकको निर्णयअनुरुप भण्डारीले राजपाको नेतृत्व लिएका हुन् ।

राजपाको पार्टी एकताको महाधिवेशन नभएसम्म चक्रीय प्रणालीमा नेतृत्व फेरिने परम्पराअनुरुप हरेक दुई महिनामा नेतृत्व परिवर्तन हुन्छ ।

अध्यक्ष मण्डलका छ नेताले पालैपालो नेतृत्व सम्हाल्दै आएका थिए । यसअघि महेन्द्रराय यादव राजपा अध्यक्ष मण्डलको संयोजक थिए ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डल संयोजक फेरिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?