आफैँले चलाएको बन्दुक लागेर एक युवा घाइते

दैलेख । दैलेखको नौमूले गाउँपालिका–२ का एक युवा आफैँले चलाएको बन्दुक लागेर घाइते भएका छन् ।

बाख्रा चराउन जङ्गलमा गएका बेला ३१ वर्षीय बिर्खबहादुर शाही बन्दुक पड्काउँदा घाइते भएका हुन् ।

शाहीको खुट्टा र हातमा गोली लागेको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख नैनबहादुर सावदले बताए । स्थानीयवासीले उद्धार गरी उपचारका लागि शाहीलाई जिल्ला अस्पताल पु-याएका थिए । थप उपचारका लागि उनलाई प्रदेश अस्पताल, सुर्खेतमा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?