काठमाडौं । नेपाली कांग्रेसले तीन दिन आधा झण्डा झुकाउने भएको छ । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री पूर्णकुमार शेर्मा (लिम्बू) को निदन प्रति शोक व्यक्त गर्दै झण्डा झुकाउने भएको हो ।
केन्द्रीय समितिको आकस्मिक बैठकले शेर्माको निधनप्रति शोक प्रस्ताव पारित गर्दै फागुन ३०, चैत १ र २ गते सबै केन्द्रीय कार्यालय र जिल्ला कार्यालयहरुमा झण्डा झुकाउने भएको हो ।
त्यस्तै चैत्र २ गते आइतबार केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै शेर्माकोे निधनको १३ औं दिन केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया