काठमाडौं । युरोपा लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा म्यान्चेष्टर युनाईटेडले शानदार जित हात पारेको छ । बिहिबार राति भएको खेलमा युनाईटेडले अष्ट्रियाको लास्कमाथि ५–० को जित हात पारेको हो ।
ओडियन इल्लूको गोलसंगै युनाईटेडले २८ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो । ३० बर्षका नाईजेरियन फरवार्डले सुरुवाती तीन खेलमा चार गोल गरिसकेको छन् । युनाईटेड पछिल्ला सबै प्रतियोगिताका ११ खेलमा अपराजित छ ।
जेम्सले ५९ औ मिनेटमा युनाईटेडका लागि दोस्रो गोल गरे । त्यस्तै, माटा, मासन ग्रिनउड र एन्ड्रिास परेराले गोल गर्दै युनाईटेडलाई शानदार जित दिलाए ।
पहिलो लेगमा प्राप्त जितले युनाईटेड क्वार्टरफाईनल प्रवेशको नजिक पुगेको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया