छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

काठमाडौं । तनहुँ, बन्दीपुर गाउँपालिका–५ कोरिकास्थित सडकमा ग.१ त ४८०८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा हाल नाम, थर, वतन नखुलेका चालकको घट्नास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेका ट्याक्टरका सहचालकको लक्ष्मी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको छ ।

बाँके, कोहलपुर नगरपालिका–९ पिपरी चोकस्थित सडकमा रा.१ ख २१८८ नम्बरको ट्रिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने साइकलयात्री ४५ वर्षीय रामपति चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबार प्रहरीले अनुसन्धान गरीरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?