गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ छहरेखोलास्थित सिम्बमा आज बिहान बलेरो जीप दुर्घटना घाइते चार जनालाई हेलिकपटरबाट उद्धार गरीएको छ ।
गम्भीर घाइते भएका बिमला गुरुङ, रमा गुरुङ, क्षेत्रकुमारी गुरुङ र सुकमाया गुरुङलाई माउण्टेन एयरको हेलिकोप्टरबाट काठमाडौंस्थित ग्रिनसिटी हस्पिटलमा लगिएको जिल्ला प्रहरी कार्यालय, गोरखाले जनाएको छ।
बारपाक सुलीकोट ४ रञ्चोकबाट गोरखा सदरमुकामका लागि छुटेको बा १५ च १०१६ नम्बरको जीप मंगलबार बिहान सात बजे छहरेखोलाको भीरबाट खस्दा जीपमा सवार ११ जना घाइते भएका थिए ।
यो पनि पढ्नुहोस्
सौरपानीमा जिप दुर्घटना ११ घाइते, चारको अवस्था गम्भीर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया