अस्ट्रेलिया र दुबई पठाइदिने भन्दै लाखौं ठगी गर्ने २ जना पक्राउ

काठमाडौैं । प्रहरीले विभिन्न प्रलोभन देखाएर ‘अस्ट्रेलिया र दुबई लाने’ भन्दै लाखौं रुपैयाँ ठगी गर्ने २ जना पक्राउ गरेको छ ।

सप्तरी र धनुषाका ३२ जना युवालाई दुबई लैजान्छु भनेर ठगी गरेका आरोपमा धनुषाका २४ वर्षीय राजेश शाह र कपनका ललित तामाङ छन् ।

शाहलाई महानगरीय अपराध अनुसन्धान महाशाखा र तामाङलाई काठमाडौं प्रहरी परिसर, टेकुले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार, शाहले प्रतिव्यक्ति एक लाख ८० हजार रुपैयाँ लिएका थिए । त्यस्तै
तामाङले अस्ट्रेलिया पठाउँछु भनेर प्रतिव्यक्ति ४० लाख रुपैयाँ उठाएको बोगटीको भनाइ छ । तामाङबाट पीडित ४ जना प्रहरीसम्म पुगेका छन् । अन्य पीडितको पनि खोजी भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?