तोरीबारीमा मृतावस्थामा फेला

बनेपा । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ स्थित रोशीखोला नजिक तोरीबारीमा एक जना मृतावस्थामा फेला परेका छन् ।

आइतबार साँझ फेला परेका मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?