तनहुँ । तनहुँको दमौली बजारमा विभिन्न पेशा व्यवसायमा आबद्ध महिलाले छ वर्ष अगाडि ज्येष्ठ नागरिक आश्रम स्थापना गर्नुभयो । तीस महिलाबाट शुरु भएको ‘वेदव्यास’ ज्येष्ठ नागरिक आश्रममा अहिलेको सदस्य सङ्ख्या ३३० पुगेको छ । असहाय एवं आर्थिकरुपमा विपन्न ज्येष्ठ नागरिकको संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको आश्रममा हाल पाँच जना ज्येष्ठ नागरिकले आश्रय यिलइरहेका छन । “विभिन्न पेशा व्यवसायमा आबद्ध महिला सङ्गठित भएर सामाजिक काममा लागौँ भन्ने भावनासहित आश्रम सञ्चालन ग¥यौं,” ज्येष्ठ नागरिक आश्रमकी कार्यवाहक अध्यक्ष शकुन्तला आलेले भनिन्, “असहाय ज्येष्ठ नागरिकलाई सेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको छ ।”
आश्रममा नौ जना ज्येष्ठ नागरिकले आश्रय लिएको भए पनि यसबीचमा चार जना ज्येष्ठ नागरिकले ज्यान गुमाएका छन् । आश्रममै जीवनको मृत्युवरण गरेका ज्येष्ठ नागरिकको शव आश्रमकै महिलाले बोकेर दाहसंस्कार गर्ने गरेका छन् । महिलाले शव बोक्नु हुँदैन भन्ने सामाजिक कुरीतिलाई यहाँका महिलाले चुनौती दिइरहेका छन् । “महिलाले शव बोक्नु हुँदैन भन्ने सामाजिक कुप्रथालाई हटाउन पनि हामी आफैँले शव बोकेर ज्येष्ठ नागरिकको दाहसंस्कार गर्ने गरेका छौँ”, आलेले भने, “सामाजिक सेवामा लागेका हामी यस काममा कति पनि विचलित हुँदैनौँ ।”
विसं २०६९ पुसमा संस्था दर्ता गरेर विसं २०७० वैशाख १ गतेदेखि सञ्चालनमा आएको आश्रम विभिन्न दाताको सहयोगले चलिरहेको छ । स्थापनाकालमा ३० जना महिलाले एक÷एक हजार उठाएर ३० हजारको अक्षयकोष स्थापना गरेका थिए । आश्रमका ज्येष्ठ नागरिकलाई खुवाउनका लागि खाद्यान्नलगायत सहयोग व्यक्ति तथा सङ्घसंस्थाले गर्दै आएको आश्रमकी सचिव निर्मला मल्लले जानकारी दिए । “देश तथा विदेशमा रहने व्यक्ति तथा विभिन्न सङ्घसंस्थामार्फत आश्रमलाई सहयोग प्राप्त हुन्छ”, मल्लले भने, “दाताको सहयोगले आश्रम चलाउन सहज भएको छ ।”
आश्रममा आश्रय लिइरहनु भएका ज्येष्ठ नागरिकको स्याहारसुसारमा कुनै कमी नगरिएको मल्लले जानकारी दिए । “उहाँहरु त अहिले हाम्रो परिवारको सदस्य जस्तै बनिसक्नुभएको छ”, उनले भननिन् । केही वर्षसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको आश्रमले अहिले आफ्नै जग्गा खरिद गरेको छ । सोही जग्गामा भवन निर्माण शुरु गरिएको तर आर्थिक अभावकै कारण भवनलाई पूरा गर्न नसकिएको आश्रमकी कोषाध्यक्ष अरुणा श्रेष्ठले जानकारी दिए ।
विसं २०७२ मा आयोजना गरिएको महायज्ञबाट सङ्कलन भएको रकमले दुई रोपनी क्षेत्रफल जग्गा खरिद गरी भवन निर्माण शुरु गरिएको छ । भवन निर्माणका लागि सरकारी कोषबाट २० लाख प्राप्त भएको थियो । “भवन निर्माण त शुरु ग¥यौँ तर आर्थिक अभावकै कारण सम्पन्न भने गर्न सकिरहेका छैनौँ”, कोषाध्यक्ष श्रेष्ठले भने, “दाताकै सहयोगमा भवन निर्माण सम्पन्न हुनेमा आशावादी छौँ ।” व्यास नगरपालिका–५ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक भावनाका साथ महिलाले सञ्चालन गरेको आश्रम समाजकै लागि उदाहरणीय रहेको बताए । आश्रमका लागि कार्यालयको र व्यक्तिगततर्फबाट सहयोग गर्न प्रतिबद्ध रहेको श्रेष्ठले बताए ।
गाउँसेवा कोषद्वारा सम्मान र छात्रवृत्ति
गाउँसेवा कोषले सामाजिक क्षेत्रमा योगदान पु-याउने तनहुँ जिल्लाका विभिन्न व्यक्तिलाई सम्मान र जिल्लाका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । कोषले प्रत्येक वर्ष यो कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । कोषले यो वर्षको भानु घाँसी सम्मानबाट भानु नगरपालिका–७ वसन्तपुर निवासी अमरसिं गुरुङलाई सम्मानित गरेको छ । गाउँमा विद्यालय भवन निर्माण, पुस्तकालय स्थापना, विद्यार्थीलाई आवतजावत गर्न बसको व्यवस्था लगायतमा ३६ लाखभन्दा बढी आर्थिक सहयोग गरेर शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पु-याएबापत कोषले गुरुङलाई नगद ११ हजार राशिको पुरस्कारबाट सम्मानित गरेको हो ।
गाउँ सेवा उद्यमी पुरस्कारबाट शुक्लागण्डकी नगरपालिका–१० मिनामखानीका हरिबहादुर खड्का सम्मानित भएका छन् । उक्त पुरस्कारको राशि ११ हजार रहेको छ । व्यावसायिक पशुपालन, प्राङ्गारिक तरकारी उत्पादन तथा घरबास सञ्चालन गरी स्थानीय स्रोतसाधनको उपयोग, रोजगारी सिर्जना तथा कृषि उत्पादनमा महत्वपूर्ण योगदान पु¥याएबापत खड्कालाई उक्त पुरस्कारबाट सम्मानित गरिएको कोषले जनाएको छ ।
गाउँ सेवा विशेष सम्मानबाट शुक्लागण्डकी नगरपालिका–२ निवासी प्रगति पुनःपुरस्कृत भएका छन् । उक्त पुरस्कारको राशि १० हजार रहेको छ । नृत्यकलातर्फ विशेष अभिरुचि भई बुगी बुगी नृत्य प्रतियोगितामा द्वितीय, तनहुँ तारा प्रतियोगितामा तृतीय, खैरेनीटार महोत्सवमा द्वितीय भई नृत्यकलामार्फत नेपाली कला र संस्कृतिको जगेर्नामा योगदान पु¥याएबापत पुनलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको हो ।
गाउँ सेवा सम्मानबाट जामुने स्वास्थ्य चौकीका प्रमुख दिनेश पण्डित सम्मानित भएका छन् । सेवाग्राहीलाई उपलब्ध गराइएको सेवा उत्कृष्ट ठहरिएबापत पण्डितलाई उक्त पुरस्कार प्रदान गरिएको छ । बोधविक्रम गाउँ सेवा पुरस्कारबाट शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयका छात्र सुदीप तिमिल्सिनालाई नगद सात हजार ५०० सहित सम्मानित गरिएको छ । विसं २०७५ को एसइई परीक्षामा तिमिल्सिनाले जिल्लाभरमा सबैभन्दा बढी अङ्क (जिपिए ३.९२) प्राप्त गर्न सफल भएका थिए ।
हरिवंश हरिकला गाउँ सेवा पुरस्कारबाट कक्षा ११ को वार्षिक परीक्षामा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने छात्रतर्फ व्यास नगरपालिका–२ सत्यवती माध्यमिक विद्यालयका अमनचन्द्र बसौला र छात्रातर्फ सत्यवती माध्यमिक विद्यालयकै पुनम अधिकारीलाई नगद छ हजारबाट पुरस्कृत गरिएको छ ।
हाइमाया गाउँ सेवा पुरस्कारबाट म्याग्दे गाउँपालिका–४ थर्पुस्थित मीन माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययन गरी सर्वोत्कृष्ट अङ्क प्राप्त गर्न सफल सुवास शाही र सपना विकलाई जनही तीन हजारबाट पुरस्कृत गरिएको छ । तिलशान्ति गाउँ सेवा पुरस्कारबाट भानु नगरपालिकास्थित आदर्श सरस्वती माध्यमिक विद्यालयमा कक्षा ९ का प्रसिद्ध प्राथना र कक्षा १० का पवन ढकाल नगद तीन हजारबाट पुरस्कृत गरिएको हो ।
कोषले व्यास नगरपालिका–१ स्थित बुद्धदाहाल बहिरा प्राथमिक विद्यालयका ३४ जना विद्यार्थीलाई आर्थिक सहयोगबापत सात हजार ५००, व्यास नगरपालिका–५ स्थित सिन्धु प्राथमिक विद्यालयमा अध्ययनरत ६५ जना विद्यार्थीलाई सात हजार ५०० सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर एवं अपाङ्ग सात जना छात्र÷छात्रालाई जनही एक हजार ६०० का दरले पुरस्कार प्रदान गरिएको कोषले जनाएको छ । स्वस्तिक वाचन गर्ने महर्षी वेदव्यास वेद विद्याश्रम संस्कृत गुरुकूल विद्यालयलाई आर्थिक सहयोगबापत पाँच हजार प्रदान गरिएको छ भने समाजसेवी सीता गुरुङलाई १० हजार पुरस्कारस्वरुप प्रदान गरिएको छ ।
भानु नगरपालिका–१२ निवासी स्व भीमबहादुर अधिकारीले विसं २०३३ मा गाउँ सेवा कोष स्थापना गरेका थिए । कोषले प्रत्येक वर्ष समाजमा विशिष्ट योगदान बनाएका, शैक्षिक क्षेत्रमा योगदान पु¥याएका र एसइईमा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत एवं छात्रवृत्ति प्रदान गर्दै आइरहेको कोषका कार्यवाहक अध्यक्ष ताराप्रसाद श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया