काठमाडौं । सप्तरीमा प्रहरीले नियन्त्रणमा लिएका एक युवक हतकडीसहित फरार भएका छन् । प्रहरीले नियन्त्रणमा लिएका युवक आइतबार बिहान हतकडीसहित फरार भएका हुन् ।
मादक पदार्थ सेवन गरेर आत्महत्या गर्न लागेका बोदे बरसाईन नगरपालिका वडा नम्वर ८ रजापट्टीका ३० वर्षीय महेश यादवलाई आइतबार बिहानै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यादवले आत्महत्याको प्रयासका साथै पत्नीलाई कुटपिट गर्न थालेपछि स्थानीयले प्रहरीलाई दिएको सूचनाका आधारमा बिहान पौने २ बजेतिर उनलाई नियन्त्रणमा लिएर प्रहरी चौकी काचनमा राखिएको थियो ।
हिरासतमा राखेको केही मिनेटमै हतकडीसहित यादव फरार भएको प्रहरीले जनाएको छ । फरार यादवको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया