काठमाडौं – मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ गैरीभञ्ज्याङमा जन्ती बोकेको ना ३ ख ३५ ५६ नम्बरको यात्रुवहाक बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने दर्जन बढी जन्ती घाईते भएका छन् । बेहुला र बेहुलीलाई अस्पताल लगिएको छ ।
घट्टेपाखास्थित बेहुलीको घरबाट जन्ती लिएर बेहुलाको घर सुकौरा जाँदै गरेको जन्तिबस दुर्घटना हुँदा मृत्यु भएकाको सनाखत हुन सकेको छैन ।

प्रहरी टोली घटनास्थल पुगेर मृतकको शव निकाल्ने र घाईतेलाई अस्पताल पठाउन खटिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशिल सिंह राठौरले लोकपथलाई बताए ।
रात परेकोले उद्धारमा समस्या भएको स्थानीय राजु दियालीले लोकपथलाई जानकारी दिए । दुर्घटनामा भएको हताहतीबारे थप विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया