वडा कार्यालयका सचिव घुससहित पक्राउ

धनुसा । धनुषाको धनौजी गाउँपालिकामा कार्यरत एक सचिव घुस सहित पक्राउ परेका छन् ।

धनौजी गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयमा कार्यरत वडा सचिव (खरिदार) सुशिल ठाकुरले जन्म प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको एक टोलीले पक्राउ गरेको हो ।

वडा सचिव सुशिल ठाकुरलाई सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा वडा कार्यकक्षबाट नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

घुस सहित पक्राउ परेका सचिव ठाकुरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?