भारतको लज्जास्पद हार, १० विकेटले पराजित

काठमाडौं । न्युजिल्याण्डविरुद्धको पहिलो टेष्टमा भारतले हारको सामना गरेको छ ।

विलिङटनमा टेष्टको चौंथो दिन सोमबार भारत न्युजिल्याण्डसँग १० विकेटले पराजित भएको हो । यससँगै न्युजिल्याण्डले टेष्ट क्रिकेटमा १०० औं जित निकाल्न सफल भएको छ ।

पहिलो टेष्टमा खराब प्रदर्शन गरेको भारतले दिएको ९ रनको लक्ष्य न्युजिल्याण्डले दोस्रो ओभर नसकिदै पुरा गर्यो । फ्दोस्रो इनिङ्समा न्युजिल्याण्डका टम लाथम ७ तथा टम ब्लुन्डेल २ रनमा अविजित रहे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा अलआउट हुँदै १ सय ६५ रन बनाएको थियो । उसका अजिंका रहानेले सर्वाधिक ४६ रन जोड्दा मायांक अग्रवालले ३४ रन जोडे ।

मोहमद शामीले २१, ऋषब पन्तले १९ तथा पृथ्वी श १६ रनमा आउट भए । चेतेश्वर पुजारा ११, हनुमा विहारी ७ र कप्तान विराट कोहली २ रनमा पेभेलियन फर्किए । न्युजिल्याण्डका टिम साउथी र केली जेमिसनले ३-३ विकेट लिए । न्युजिल्याण्डले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय ४८ रन बनाएको थियो ।

कप्तान केन विलियम्सनले ८९ रन जोड्दा केली जेमिसन र रोस टेलरले समान ४४ रन बनाए । कोलिन डी ग्रान्डहोमेले ४३ रन जोडे । भारतका इशान्त शर्माले ५ तथा रविचन्द्र आश्विनले ३ विकेट लिए ।

त्यसपछि आफ्नो दोस्रो इनिङ्स थालेको भारत अलआउट हुँदै १ सय ९१ रनमा समेटियो । जसको कारण न्युजिल्याण्डले सामान्य लक्ष्य पाएको थियो । भारतका मायांक अग्रवालले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । अजिंका रहानेले २९ तथा ऋषब पन्तले २५ रन बनाए ।

भारतलाई सस्तैमा समेट्न टिम साउथीले ५ तथा ट्रेन्ड बोल्टले ४ विकेट लिए । जितसँगै २ खेलको सिरिजमा न्युजिल्याण्डले १-० को अग्रता बनाएको छ ।

मोहमद शामीले २१, ऋषब पन्तले १९ तथा पृथ्वी श १६ रनमा आउट भए । चेतेश्वर पुजारा ११, हनुमा विहारी ७ र कप्तान विराट कोहली २ रनमा पेभेलियन फर्किए । न्युजिल्याण्डका टिम साउथी र केली जेमिसनले ३-३ विकेट लिए ।

भारतलाई सस्तैमा समेट्न टिम साउथीले ५ तथा ट्रेन्ड बोल्टले ४ विकेट लिए । जितसँगै २ खेलको सिरिजमा न्युजिल्याण्डले १-० को अग्रता बनाएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?