दोलखा । शिवरात्रि मनाउँनका लागि सडकमा डोरी टागेर सहयोग मागेर एक बालकलाई बसले ठक्कर दिदाँ एक बालकको घटना स्थलमानै ज्यान गएको छ ।
दोलखाको कालिञ्चोक गाँउपालिका ९ सुन्दरावतिमा यात्रुबाहक बसको ठक्करबाट पुजन थामीको ज्यान गएको हो ।
बा ४ ख ५८०९ नम्बरको बसले थामीलाई ठक्कर दिएको थियो । प्रहरीले बसका चालकलाई पक्राउ गरिसकेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया