अहिले रहेका र मदन भण्डारी विश्वविद्यालयमा कुनै फरक छैन : सांसद थापा

काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाका लागि विकास गरिएको सोच अनुसारको विधेयक आउन नसकेको सांसदहरुले बताएका छन् ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बुधबारको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि भएको सैद्धान्तिक छलफलका क्रममा संसदहरुले विश्वविद्यालयको सोच र विधेयकमा फरक परेको बताएका हुन् ।

सांसद गगनकुमार थापाले विज्ञान तथा प्रविधि सम्बन्धी विश्वविद्यालयमा सबै विषयको अध्ययन हुन सक्ने भएपनि विधेयक अनुसार अहिले रहेका विश्वविद्यालय र यो विश्वविद्यालयमा कुनै फरक नभएको बताए ।

उनले फरक सोच अनुसार स्थापना गर्न लागिएको विश्वविद्यालयको विशेष केही हुनुपर्नेमा विधेयकमा त्यस्तो केही नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?