ए डिभिजन लिग : जावलाखेल र शेर्पाको बराबरी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार जावलाखेल र शेर्पाले ३-३ गोलको बराबरी खेलेका हुन् ।

जावलाखेलका लागि कुबेर बिष्ट, फोडे फोफाना र रुप बहादुर बिष्टले एक एक गोल गरे । शेर्पाका स्टेफेन समिरले दुई गोल गर्दा विजय श्रेष्ठले एक गोल गरे ।

खेलको ३५ औं मिनेटमा जावलाखेल १० खेलाडीमा सिमित भएको छ । जावलाखेलका गोलरक्षक अरुण ब्लोनले रातो कार्ड पाएपछि जावलाखेल १० खेलाडीमा समेटिएको थियो । काउन्टरमा आएको बललाई डिबक्स बाहिर समातेपछी रेफ्री प्रकाश नाथ श्रेष्ठले अरुणलाई सिधै रातो कार्ड देखाएका थिए ।

बराबरीसँगै जावलाखेलले १२ खेलमा १९ अंक जोडेको छ । जावलाखेल लिगको पाँचौं स्थानमा रहेको छ । लिगको १२ खेलमा ११ जोडेको शेर्पा ११ औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?