काठमाडौं – पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका ३ छरछरेमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मंगलबार साँझ लु ४ त २५५६ नम्बरको ट्याक्टर छरछरेबाट बुलिङटार जाने क्रममा दुर्घटनामा हुँदा आठ जना घाइते भएका छन् ।
कच्ची सडकमा अनियन्त्रित भइ ट्याक्टर सडकबाट करिब एक सय मिटर तल ख खस्दा बुलिङटार गाउँपालिका ३ निवासी २२ वर्षीय नरबहादुर सुस्लिङ्ग, बुलिङ्गटार ३ निवासी ५९ वर्षीय यमान सिंङ सुस्लिङ, बुलिङ्गटार ३ निवासी ४० वर्षीय पूर्णबहादुर थापा, २५ वर्षीय लिलाबहादुर सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये ट्याक्टर चालक तथा ट्याक्टर धनी बुलिङटार ३ निवासी बलबहादुर झेडी मगर, ४० वर्षीय छालबहादुर सारु मगर, २९ वर्षीय विमलराज सुस्लिङ्ग मगर र ११ वर्षीय सन्दिप सारु मगरको अवस्था गम्भीर छ ।
दुर्घटनामा घाइते भएकाहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया