त्रिकोणात्मक सिरिज : अमेरिकाविरुद्ध ब्याटिङ गर्दै ओमान

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा अहिले ओमान र अमेरिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा अमेरिकाले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ । अमेरिकाले फिल्डिङ रोजेपछि ओमानले सुरुवातमा ब्याटिङ गरिरहेको छ ।

आज दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । सिरिज अन्तर्गत ओमानले पहिलो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।

लिगमा ओमान ९ खेलमा ७ जित सहित १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । अमेरिका १० खेलमा ६ जित हात पार्दै १२ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?