लिगमा आज तीन खेल हुँदै, को-को भिड्दै ?

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज (मंगलबार) तीन खेल हुँदैछ । १२ औं चरणको खेल अन्तर्गत मंगलबार पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले ब्रिगेडविरुद्ध १-० गोलको अग्रता बनाएको छ । खेलको पाँचौं मिनेटमा कप्तान भरत खवासले गोल गर्दै आर्मीलाई १-० को अग्रता दिलाएका हुन् ।

यस्तै दोस्रो खेलमा थ्री स्टार क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुँदैछ । तेस्रो खेल नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच हुनेछ ।

तीनै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । यस्तै थ्री स्टार र एनआरटीबीचको खेल दिउँसो सवाँ १२ बजे भिड्नेछन् ।मनाङले दिउँसो साढे ३ बजे नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?