काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबले फ्रेन्ड्स क्लबमाथि शानदार जित हात पारेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा एपीएफले फ्रेन्ड्सलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।
एपीएफको जितमा आशिष लामा र प्रविन स्याङतेनले २-२ गोल गरे । यस्तै कप्तान टोप बहादुर बिष्टले थप एक गोल गरे । फ्रेन्ड्सका विश्व अधिकारी र फिलिपे डी सौजाले एक एक गोल गरे । फ्रेन्ड्स पहिलो हाफमै २-० ले पछि परेको थियो ।
खेलको १२ औं मिनेटमा आशिषले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएका थिए । ४० औं मिनेटमा आशिषले दोस्रो गोल गर्दै एपीएफलाई २-० को अग्रता दिलाए ।
खेलको ९६ औं मिनेटमा फिलिपेले गोल गर्दै फ्रेन्ड्सलाई २-१ को स्थितिमा ल्याए । ७१ औं मिनेटमा प्रविनले गोल गर्दै एपीएफलाई ३-१ को अग्रता दिलाए । ७६ औं मिनेटमा फ्रेन्ड्सका विश्वले गोल गर्दा खेल ३-२ को स्थितिमा पुग्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा एपीएफले लगातार दुई गोल गर्यो । इन्जुरी समयको चौंथो मिनेटमा कप्तान टोपले गोल गर्दै एपीएफलाई ४-२ को अग्रता दिलाए । त्यसको एक मिनेट नबित्दै प्रविनले दोस्रो गोल गर्दै एपीएफलाई ५-२ को सानदार जित दिलाए ।
एपीएफको लिगमा यो दोस्रो जित हो । जितसँगै एपीएफले १२ खेलमा ८ अंक जोडेको छ । एपीएफ पुछारबाट दोस्रो स्थानमा रहेको छ । फ्रेन्ड्स १२ खेलमा १४ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया