पहिलो हाफमा एपीएफको अग्रता

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले एपीएफ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा एपीएफले २-० को अग्रता बनाएको छ । आशिष लामाको दुई गोलमा एपीएफले अग्रता बनाएको हो ।

खेलको १२ औं मिनेटमा आशिषले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ४० औं मिनेटमा आशिषले दोस्रो गोल गर्दै एपीएफलाई २-० को अग्रता दिलाए ।

एपीएफ जित निकाल्दै रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ । फ्रेन्ड्स शीर्ष ६ का लागि दाबेदार प्रस्तुत गर्न चाहन्छ ।

५ अंक जोडेको एपीएफ पुछारबाट दोस्रो स्थानमा रहेको छ । १४ अंक जोडेको फ्रेन्ड्स नवौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?