काठमाडौं । ललितपुर महानगरपालिका–२ सानेपा बस्ने ३५ वर्षीय बिष्णु बहादुर तण्डुकारको टहरामा जुवातास खेलिरहेको १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहट घर भएका ४० वर्षीय मनोज साह रौनियार समेत १४ जनालाई नगद १ लाख २६ हजार ७ सय ७ रुपैयाँ र ६ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
महानगरीय प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया