बार्टी अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा

काठमाडौं । एस्लेइघ बार्टी अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् । मेलबर्नमा मंगलबार भएको क्वाटरफाइनलमा पेट्रा कवितोभालाई हराएर बार्टी अन्तिम चारमा पुगेकी हुन् ।

बार्टीले गत वर्षका उपविजेता पेट्रालाई ७-६ ९८-६० र ६-२ को सेटमा पराजित गरिन् । यससँगै बार्टी अष्ट्रेलियन ओपनमा ३६ वर्षपछि सेमिफाइनल पुग्ने पहिलो अष्ट्रेलियाकी महिला खेलाडी बनिन् ।

फ्रेन्च ओपन च्याम्पियन बार्टीले अब अमेरिकाकी १४ औं वरियताकी सोफिया केनिनसँग खेल्ने छिन् । एजेन्सी

यो पनि पढ्नुहोस् : हालेप अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?