काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित हात पारेको छ ।
आइतबार राति भएको खेलमा पीएसजीले लिलीलाई २-० गोल अन्तरले पराजित गरेको हो । पीएसजीलाई जित दिलाउन नेयमारले गोल गरे ।खेलको २८ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ५२ औं मिनेटमा नेयमारले पेनाल्टीमा दोस्रो गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए ।
जितसँगै पीएसजीले लिगमा १० अंकको अग्रता बनाएको छ । पीएसजीले २१ खेलमा ५२ अंक जोडेको छ । लिली ३१ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
एजेन्सी
यो पनि पढ्नुहोस् :
ईटालियन सिरि ए : नापोलीसँग युभेन्ट्स पराजित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया