ईटालियन सिरि ए : नापोलीसँग युभेन्ट्स पराजित

काठमाडौं । ईटालियन सिरि ए फुटबलमा युभेन्ट्स पराजित भएको छ । आईतबार राति भएको खेलमा युभेन्ट्स नापोलीसँग २-१ गोल अन्तर पराजित भएको हो ।

क्रिस्टियानो रोनाल्डोले आठौं खेलमा लगातार गोल गरे पनि खेल जित्न भने सकेनन् ।

उनले खेलको ९० औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई खेलमा फर्काउने कोशिश गरेका थिए । युभेन्ट्सले दोस्रो स्थानको ईन्टर मिलानसंग तीन अंकको अग्रता लिएको छ । पिओटर जिकिंस्कीले ६३ औं मिनेटमा गोल गर्दै घरेलु टोली नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेल सकिन चार मिनेट बाँकी हुँदा लोरेन्जो ईनसिग्नीले भली गोल गर्दै अग्रता दोब्बर बनाए । रोनाल्डो लगातारलिगको ८ खेलमा गोल गर्नै युभेन्ट्सका पहिलो खेलाडी बनेका छन् ।

जितसंगै नापोली २७ अंक जोडेर दशौं स्थानमा उक्लिएको छ । युभेन्ट्स ५१ अंक सहित तालिकाको शीर्ष स्थानमा यथावत छ ।

एजेन्सी

यो पनि पढ्नुहोस् :

रोनाल्डोको गोलमा युभेन्ट्सको जित, मिलानलाई पछि पार्दै युभेन्ट्स शीर्ष स्थानमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?