काठमाडौं । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया स्थित नेपाली भुमी भारतले मिचेको स्थानमा नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीएल नेपालले नेपालको राष्टिय झण्डा गाडेको छ आफ्नो भुमि रक्षाका लागि आफुहरु सिमानामा उभिन तयार रहेको भन्दै वाइसीएल केन्द्रीय समितिले सीमामा राष्ट्रिय झण्डा गाडेको हो भारतले सिमा मिचेको जग्गा धनी रवीन्द्र महतोलाई साथमा लिएर झण्डा गाड्न गएको वासिएलका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिए । महतो सो क्षेत्रमा ४ कठ्ठा जग्गा भारतले मिचेको छ ।महतोको अनुसार त्यस वरिपरि भारतले करिब ५० किगा जग्गा मिचेको छ । दीपशिखाका अनुसार मिचिएको नेपालको भूमी भारतले फिर्ता नगरे त्यस क्षेत्रमा वासिएलले क्याम्प नै खडा गरेर बस्नेछ त्यस्तै वाइपिसएलले तराईका ६ जिल्ला न्यानो वितरण पनि गरेको छ । ६ जिल्लामा १६ सय कम्ललगायत लत्ताकपडा विरतण गरिएको वासिएलका महासचिव सुबोधराज श्रीपालीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया