काठमाडौं – आज पृथ्वी जयन्ती । देशभर विभिन्न कार्यक्रम गरी राष्ट्र एकिकरणका अभियन्ता पृथ्वी नारायण शाहलाई स्मरण गरी मनाइयो । राष्ट्रनिर्माणमा उनले दिएको योगदान अतुलनिय छ । तर पछिल्लो केहि वर्षयता सरकारले उनको सम्मानमा गरिने कार्यक्रमका लागि दिएको बिदा कटौती गरेको छ । अधिकांशले सरकारको यो निर्णय रुचाएका छैनन् भने केहिले आफ्नो समुदायलाई पृथ्वी नारायण साहले कुनै योगदान नदिएको जस्ता तर्क राख्दै उत्सव मनाएका छन् ।
यसैबिच नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुन नरसिंह केसीले सामाजिक सञ्जाल ट्वीटरमा पृथ्वी जयन्तीको दिन इतिहास बङ्ग्याउने धृष्टताबाट आफैँलाई जोगाउन अनुरोध गरेका छन् । उनले लेखेका छन्, ”जसरी बिस्मार्कले जर्मन राष्ट्रको, इभान द टेरिबल आदि जारहरूले रूसको, इटलीको राष्ट्र एकीकरणमा काबुर, गेरिवाल्दी र मेज्जिनीको नाम इतिहासमा आउँछ, चीनमा छिन् ह्वाङ्ती नामक छिन सम्राटकै नामबाट आजको ‘चीन’ नामाकण भएको हो । जर्मनीमा हिटलरले बिस्मार्कको शालिक तोडेनन् । हामीले पनि इतिहास मेटाउने वा बङ्ग्याउने धृष्टताबाट आपैलाई जोगाउनु अपरिहार्य छ । त्यसैले नेपाल राष्ट्रको निर्माणका सन्दर्भमा पृथ्वीनारायण शाहको योगदान को उच्च मूल्याङ्कन गर्नुपर्छ । हाम्रा वरपरका भूभागहरू ब्रिटिश औपनिवेशिक शासनमा पिल्सिएका बेला नेपाल लाई त्यस्तो पराधीनताबाट मुक्त गरी अटल सार्वभौम नेपाल राष्ट्र को निर्माण पृथ्वीनारायण शाह बाटै भएको ऐतिहासिक यथार्थ हामी भुल्न सक्तैनौ। ईतिहास ( ईतिहास हो ) सभ्य र कृतज्ञ राष्ट्रका निवासी हामी हरू ले यो ऐतिहासिक सत्य स्वीकार गर्न र जिम्मेवारी बाट पन्छिन मिल्दैन।
हिटलरको जर्मनीले रूसमाथि आक्रमण गर्दा कम्युनिष्ट नेता स्टालिन ले , इभान द टेरिबलले महान रूसी राष्ट्रको स्थापना गरेका हुन् भन्दै त्यो विरासत हामीले जसरी पनि जोगाउनु पर्छ भनी रूसी जारको मुग्ध कण्ठले प्रसंसा गरेको ईतिहास छ।

पृथ्वीनारायण शाहको निन्दा गर्ने ‘क्रान्तिकारी’ हरूले पनि नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालले पृथ्वीनारायण शाहले तत्कालीन राष्ट्रिय, सामाजिक र दक्षिण एशियाली क्षेत्रीय आवश्यकताबाट राज्यहरूको एकीकरण गरेर नेपाल राष्ट्रको निर्माण गरेका हुन् भनी लेख लेखेको हेरून्— पुष्पलाल ~ छानिएका रचनाहरू, भाग ९ पृ. १५६–१५९ । सच्चा देशभक्त र लोकतन्त्रवादीले राष्ट्रिय पहिचान र राष्ट्रियताको महत्व भुल्न सक्तैन र हुन्न ।
आधुनिकता र क्रमभंगता को नाममा राष्ट्रिय परम्परा, मर्यादा, धर्म र संस्कृतिहरूमाथि प्रहार गर्दै राष्ट्रिय विभूतिहरूको शालिक तोडने र अपमानित गर्ने जस्ता ध्वंसत्मक विचार ले राष्ट्रिय एकता र सद्भावना कायम हुँदैन । समृद्धितर्फ उन्मूख भइन्न, राष्ट्रिय पहिचानलाई जीवन्त राख्न सकिँदैन ।
तसर्थ आधुनिक नेपालका निर्माता पृथ्वी जयन्ती भव्यता का साथ राष्ट्रिय एकता दिवस को रूपबाट मनाउन र आम जनचाहना अनुरूप सार्वजनिक बिदा दिन सरकार को घम्भिर ध्यान आकर्षण गर्न चाहन्छु। यि राजालाई नेपालमात्र नभई दक्षिण एसियासम्मनै एउटा दुरदर्शी अनि राष्ट्रियताको प्रतिक नेतृत्वका रुपमा हेरिन्छ ।
हरेक बर्ष पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ति हर्षोल्लास पूर्वक मनाइन्छ । यस दिन केवल एउटा राजाको जन्मदिन मात्र नभई सिंगो नेपालको पहिचान अनि नेपालीपनाको बिगुल फुकिएको र झकझक्याउने दिनका रुपमा पनि लिँदै राष्ट्रिय एकता दिवस मनाईन्छ । आज देशका विभिन्न स्थानमा पृथ्वीनारायण शाहको संझनामा सम्मानस्वरुप कार्यक्रम भएका छन् । शाहको संझनामा नेपाली सेनाको टोली गोरखाबाट हिँडेर काठमाडौं आएको छ ।
यो पनि पढ्नुहोस्
पृथ्वी जयन्तीलाई बेवास्ता गरेर ‘गुलाम मनोवृत्ति’ प्रदर्शन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया