आइएसएसका ३ आतंककारी नेपालबाट पक्राउ, किन आएका थिए नेपाल ?

काठमाडौं । बिहीबार दिल्ली प्रहरीले आइएसएसका ३ जना आतङ्कारीलाई नेपालबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अब्दुल समद, ख्वाजा मोहिद्धिन र सैयद अली रहेको दिल्ली प्रहरीले पत्रकार सम्मेलना गरेर जानकारी गराएको हो । उनीहरुलाई नेपालमा पक्राउ गरेर भारत लगिएको छ ।

ती आइएसएसका आतंककारी नेपालबाट दिल्ली जादैछन् भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुलाई बजीराबाद इलाकामा योजना बनाएको थियो । तर, उनीहरूलाई काठमाडौबाटै पक्राउ गरेको बताइएको छ ।

प्रहरीले उनीहरुलाई आत्मसमर्पण गर्न भनेपछि उनीहरुले प्रहरीमाथि गोली चलाएका थिए । त्यसलगतै प्रहरीले जवाफी कारबाहीपछि पक्राउ गर्न सफल भएको स्रोतले जनाएको छ ।

उनीहरुको नेपालमा १५–२० दिनको बसेर दिल्लीमा रहेका साथीहरुलाई भेट्न जाने योजनामा रहेको प्रहरीले जनाएको छ । तीनै जना आतंककारीले २०१४ मा भारतका केही साथीहरुसँग मिलेर उनीहरुले तामिलनाडुका हिन्दु नेता सुरेश कुमारको हत्या गरेरका थिए । उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो, तर केहि समयमै तारेखमा छुटेका थिए । त्यसपछि उनीहरु भागेर नेपाल छिरेको दिल्ली प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?