काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिहरुलाई आफ्नो निवास बूढानीलकण्ठमा बोलाएका छन् । पार्टी संस्थापनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका संस्थापन इतरसमूहको अगुवाइमा जिल्ला सभापतिहरु तीन दिनदेखि पार्टी कार्यालयमा छलफलमा जुटेका छन् । यहि बेला देउवाले पनि सभापतिहरुलाई बिहीबार बूढानीलकण्ठमा बोलाएका हुन् ।
कांग्रेस पार्टी कार्यालयमा मुख्य सचिव कृष्ण प्रसाद पौडेलले देउवाले सभापतिहरुलाई बोलाएको बताए । भेटका क्रममा जिल्ला सभापतिहरुले देउवालाई सानेपा भेलाबाट जारी हुने घोषणापत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।
सभापति देउवाले एकलौटि निर्णय गरेको भन्दै असत्ुष्ट पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएको थियो । संस्थापन पक्षले पुस ११ गतेको केन्द्रीय समिति बैठकबाट बहुमतका आधारमा महाधिवेशनको कार्यतालिकासहित विभिन्न सांगठनिक विषयमा निर्णय लिएको थियो ।
सोहि निर्णय अुन्तुष्ट जनाउदै संस्थापन इतरपक्षले जिल्ला सभापतिहरुको भेला गराएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया