सिलवाललाई खोज्न डिफ्यूजन नोटिस जारी

नेपाल प्रहरीका पूर्व डिआईजी तथा ललितपुर क्षेत्र नम्बर १ का सांसद नवराज सिलवालाई खोज्न प्रहरी प्रधान कार्यालयले डिफ्यूजन नोटिस जारी गरेको छ प्रहरी प्रधान कार्यालय उच्च स्रोतले सिलवाललाई देशका विभिन्न स्थानमा खोज्दा नभेटिएको र विदेशमा रहेको भन्ने सूचनाका आधारमा सोमबार इन्टरपोलमा डिफ्यूजन नोटिस जारी गरिएको जानकारी दियो महानगरीय प्रहरी परिसर काठमाडौंको अनुरोधको आधारमा प्रहरी प्रधान कार्यालयले डिफ्यूजन नोटिस जारी गरेको हो । डिफ्युजन नोटिस जारी भएपछि उनलाई अब १९२ देशका प्रहरीले नै निगरानीमा राखेर फेला पारेमा नेपाल प्रहरीलाई खबर गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?