पोखरा । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पाटी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले उमेद्वारी दर्ता गराएका छन् ।
उनले पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको प्रस्ताव तथा प्रदेश सभासदस्य दिलमाया रोकाको समर्थनमा श्रेष्ठले मनोनयन दर्ता गराएका हुँन् । श्रेष्ठले पोखराबाट उम्मेदवारी दर्ता गराएका हुँन् ।
श्रेष्ठसंगै नेकपाबाट भगवती न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा नेकपा स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ रहेको छन् । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ न्यौपानेको समर्थकमा रहेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया