काठमाडौं । राष्ट्रियसभाका सदस्य रामनारायण विडारीले नेपाल विशेष सेवा विधेयक २०७६ सिआइए र रअ का एजेण्टहरुलाई कारवाही गर्न ल्याइएको बताएका छन् ।
राष्ट्रियसभामा पेश भएको विधेयकमाथिको छलफलका क्रममा उहाँले नेपालको आन्तरिक मामिलामा रअ र सिआइएका एजेण्टहरुले हस्तक्षेत्र गरेको र उनीहरुको खोजी गरी कारवाही गर्न विधेयक ल्याएएको बताएका छन् ।
‘इन्टेलिजेन्स हो यसको मुख्य काम । अमेरिकाको सिआइए कुन कानुनले चल्छ । नेपाल आएर काम गरिरहेका छन् । त्यसको तलब भत्ता यहाँका बेइमानहरुले खाएका छन् । त्यो नेपालले थाहा पाउनुपर्यो की नाई ? त्यसले टेलिफोनमा कहाँ कुरा गर्छ सुन्नु प¥यो की नाई ?’ उनले भने, ‘हैरान पारेको छ ‘रअ’ले नेपालमा । आन्तरिक मामिलामा हस्तक्षेत्र गरेको छ । त्यसको एजेण्टको को हुन ? खोजी खोजी कारवाही गर्ने भनेको छ । यो ऐनमा लेखेको छ । त्यसलााई कारवाही गर्ने किन नगर्ने ? गर्न लाग्यो खवरदार त्यसर्ला गर्न लाग्यो भन्न मिल्छ ?
डकैती गर्नेलाई जेल सजाय हुने कानुन बन्यो भने हामीमाथि दोष लगाउँने पो हो की भनेर नसम्झिन पनि उनले आग्रह गरे । उनले भने, ‘डकैती गर्नेर्लाइ १० वर्ष जेल हुन्छ भन्ने कानुन बन्यो भने । आप्पुई यो त बनाउनु हुँदैन् किनभने हामीलाई डकैती गरेको भनेर दोष लायो भने के गर्ने । चोरी गर्नेलाई सजाय भयो भने, यो चोरी गर्नेलाई सजाय हुन्छ भन्नुभएन यत्रा जनता छन् । जनतालाई चोर भन्यो भनेर कसैले सम्झिन हुन्छ ? समस्या यो हो । नेपाल र नेपालको अहित गर्ने कुनै कपुत हुन्छ भने त्यसलाई सजाय हुन्छ भनेर स्पष्ट लेखेको छ ।’
खुकुरी, बन्दुक र बम मान्छे मार्नका लागि आविस्कार नभएको भन्दै उनले विधेयकमा भएका केही कुराहरु सच्याएर अगाडी बढ्न सकिने बताए । उनले भने, ‘खुकुरी किन बनाको ? मान्छे मार्न होइनन् नी । बन्दुक किन बनाको ? मान्छे मार्न होइननी । बम किन बनाको ? मान्छे मार्न होइनन नी । त्यस कारण यस्ता कुरालाई हामीले सरल ढंगबाट लिनुपर्छ । हामीजस्ता मान्छे संसदमा छौँ । बेठिक कानुन बन्न दिँदैनौ । मौलिक अधिकारको हनन गर्न सदँदैनो । हामी यसलाई हेर्छौ बुझ्छौ । त्यसलै काम गर्छौ । देशको विरुद्धमा जान दिँदैनौ । सरकारले ल्याएको विधेयक ठिक छ भन्ने छैन् सचयाएर पास हुन्छ । ’
विडारीले प्रतिपक्षि सांसदले प्रेमि प्रेमिकाबीचको कुरा पनि ट्याप गर्छ भनेर वाहियात कुरा गरेको समेत बताएको छ । उनले भने, ‘कस्तो फट्याइ गरेको— विचरा बाटोमा हिँड्ने २ वटा कम्युटर चलाइरहने प्रेमि प्रेमिकाको कुरा ट्याव गर्दैन क्या । यो वाहियात कुरा किन भनेको ? यस्तो लुहु कुरा किन उकास्या ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया