भारतीय प्रधानमन्त्री मोदीलाई फोनबाटै नेपाल भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको पुनः निम्तो दिएका छन्।

प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्षको उद्घाटनको दिन पारेर बुधबार बिहान भएको फोन गरी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

फोनवार्तामा नयाँ वर्ष २०२० को अवसरमा शुभकामना आदानप्रदान समेत भएको ओलीले सामाजिक संजाल ट्वीटर मार्फत जानकारीले गराएका छन् ।

यसअघि पनि प्रधानमन्त्री ओलीले संविधान दिवसका अवसरमा प्रधानमन्त्री ओलीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?