झापा । नेकपा झापाका अध्यक्ष चिन्तन पाठकलाई पितृ शोक परेको छ । उनका ९३ बर्षीय बुबा देवीप्रसाद पाठकको पौष ११ गते निधन भएको छ ।
लामो समयसम्म मुटु रोगबाट ग्रसित पाठकको निजी निवास बुद्धशान्ति–२ मा निधन भएको हो । ताप्लेजुङको फूलबारी ५ मा वि.स. १९८४ जेष्ठ १३ गते जन्मिएका पाठकको दुई श्रीमती, ६ छोरा र २ छोरी छन् । बुवा देवीप्रसादसँगै छोरा चिन्तन पाठकबस्दै आएका थिए ।
उनको विवाह जेठी महेश्वरा र कान्छी लक्ष्मी सिवाकोटीसँग भएको थियो । उनका छोराहरु नन्दलाल, डिल्लीराम, कबिप्रसाद, चिन्तन, टीका, भिष्म रहेका छन् भने छोरीहरु गोमा कंडेल र सिता बिमली रहेका छन् । सादा जिवन व्यतित गरेका पाठक मिलनसार स्वाभावका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया