विप्लव समूहका पूर्वी कमाण्ड इन्चार्ज र झापा जिल्ला इन्चार्ज पक्राउ

धरान । प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका दुई जना इन्चार्ज पक्राउ परेका छन् ।

प्रहरीले पूर्वी कमाण्ड इन्चार्ज उमा भुजेल र झापा जिल्ला इन्चार्ज सुमनसिंह पौडेल पक्राउ परेका हो।

सुनसरीको बराहक्षेत्रबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले प्रदेश १ का विभिन्न जिल्लामा चन्दा आत्तंक, बम विस्फोट गराई सर्वसाधारणलाई त्रसित बनाएकोले फक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

पक्राउ परेकाको साथबाट एकथान रिभल्वर पेस्तोल, पाँचथान गोली र थान स्कुटी बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?