विप्लव समूहका केन्द्रीय नेता पक्राउ

उदयपुर । उदयपुरबाट नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहका नेकपाका एक केन्द्रीय नेता सहित दुईजना पक्राउ परेका छन् । जिल्लाको कटारी नगरपालिका–६ रिस्कु धप्परबाट विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य भोजपुरको षडानन्द नगरपालिका १३ निवासी दिपेश राई र उदयपुर जिल्ला ईन्चार्ज सुरेन्द्र थापा पक्राउ गरेको जिल्ला प्रहरी उदयपुरले जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बिर बहादुर बुढामगरले जानकारी दिए ।
प्रहरीका अनुसािर उनीहरुको साथबाट नेपाल टेलिकमको सिम थान २२ , एनसेलको सिम थान १६, स्मार्ट मोमाईलको सिम थान १, स्काई सिम थान १ र नगद ३२ हजार ९०० बरामद गरिएको छ । राई र थापालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखी आवश्यक अनुसन्धान भईरहेको छ । यसअघि पनि राईलाई बम बिष्फोट र थापालाई सार्वजानिक मुद्दामा पक्राउ गरेर छोडिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?