विद्या भट्टराई आज सांसदको सपथ लिँदै

काठमाडौँ । मंसिर १४ मा भएको उपनिर्वाचनमा कास्की-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद विद्या भट्टराईले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछिन् ।

सांसद भट्टराईलाई उपसभामुख शिवमाया तुम्वाहाङ्फेले मङ्गलबार दिउँसो १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ । सांसदहरुलाई सभामुखले सपथग्रहण गराउने प्रचलन भएपनि यतिखेर सभामुख नभएका कारण भट्टराईलाई उपसभामुखबाट शपथ ग्रहण गराउन लागिएको हो ।

संविधानको धारा ९१ को चारमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता उपसभामुखले गर्ने उल्लेख छ । तर संविधानमा कार्यवाहक सभामुखको व्यवस्था कहीँ कतै छैन ।

सोही धारालाई टेकेर उपसभामुख तुम्वाहाङ्फेले सभामुखको हैसियतमा शपथ ग्रहण गराउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?