सिमा विवादमा राजा महेन्द्रलाइ मुछ्नु हुँदैन: अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विविध कारणले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था हुनुपर्ने कुरामा जोड दिनुभएको छ। उक्त व्यबस्था नगरिनाले विदेशमा रहेका करिव ६० लाख नेपाली नागरिकलाइ मतदानबाट वञ्चित गरेर आएको जनमत अपूर्ण भएको प्रति आपत्ती जनाउनुभएको छ ।

अध्यक्ष थापाले अमेरिका भ्रमणका क्रममा टेक्सासको ड्यालसमा आयोजित नेपाली समुदायसंगको अन्तरक्रिया कार्यक्ममा प्रवासमा रहेर राष्ट्रवादी भावनाको विकासमा नेपाली समुदायले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दे उक्त धारण व्यक्त गर्नुभएको हो । तत्कालीन संविधानसभामा राप्रपा समेतको जोडबाट गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्दछ भन्ने व्यवस्था कायम गरिएको तर संविधान जारी भएको चार वर्षमा पनि कानुन बन्न नसक्नु दुस्खद भएकोमा अध्यक्ष थापाले जोड दिनुभएको छ ।

भारतले नयाँ नक्सा जारी गरेसँगै विवादमा रहेको लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको अविभाज्य क्षेत्र रहेकोमा जोड दिनुभएको छ । साथै आम नेपालीको ऐक्यबद्धता, सम्पूर्ण राजनीतिक दलको एकमत र प्रवासमा रहेका नेपालीको दबाबमा पनि नेपाल सरकारले सीमा अतिक्रमण बारे भारत सरकारसंग वार्ता गरि समस्याको समाधानमा ढिलाइ गरिरहेको प्रति आश्चर्य लागेको लागेको बताउनुभएको छ । अध्यक्ष थापाले राजा महेन्द्रलाई सिमासम्बन्धि विवादमा तानिएको तर्फ संकेत गर्दै भारतीय पक्षलाई बलियो बनाउने र नेपालको तर्कलाई कमजोर बनाउने काम स्वयं नेपाली पक्षबाट भइरहेकोले कसैलाई दोष लगाउने चालबाजी नगर्न समेत आग्रह गर्नुभएको छ ।

प्रवासमा रहेका नेपाली समुदायको सिमा अतिक्रमणका सम्बन्धमा साथै एनआरएनएको पहलकदमी, चासो र चिन्ता सकारात्मक र प्रशंसनीय रहेको पनि बताउनुभएको छ । अन्य राजनीतिक दलहरु भन्दा राप्रपाले नयाँ बाटो अवलम्बन गरिरहेकाले साथै मौलिक परम्परा सहि र स्पष्ट रहेको समेत दाबी गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?