धरानमा कांग्रेसले बामको लालकिल्ला तोड्यो, तिलक राई निर्वाचित

काठमाडौं । धरान उपमहानगरपालिकामा कांग्रेसले बामको लालकिल्ला तोडेको छ । नेपाली कांग्रेसका तिलक राई २ हजार ७ सय ९५ को मतान्तरले विजयी हुनुभएको छ ।

२०७४ को स्थानीय तहको निर्वाचनमा बामले जितेका वडाहरूमा पनि नेपाली काङ्ग्रेसले आफ्नो वर्चश्व देखाएको छ।

नेपाली कांग्रेसका तिलक राईले २६ हजार ७ सय ९ मत प्राप्त गर्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार प्रकाश राई २३ हजार सय १४ प्राप्त गर्नुभएको छ । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?