हालसम्मको मत परिणाम : कसले – कहाँ बाजी मार्यो ?

काठमाडौं । मंसिर १४ गते भएको उपनिर्वाचनको मतगणना जारी छ । अहिले सम्मको परिणामअनुसार, प्रदेश सभा सदस्य निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (१) मा नेपाली कांग्रेस तर्फबाट कृष्णालाल भँडेल विजयी हुनुभएको छ ।
उपनिर्वाचनमा प्रतिनिधी सभा सदस्यतर्फ ११, प्रदेश सभा तर्फ सदस्यतर्फ १५ र स्थानीय तहका सदस्यका लागि २० वटा राजनीतिक दल प्रतिस्पर्धामा थिए । उपनिर्वाचनको प्रतिस्पधामा होमिएका ३ सय ३७ उम्मेदवारमध्ये राजनीतिक दलतर्फ २ सय ५३ र स्वतन्त्र उम्मेदवार ८४ जना रहेका थिए । जसमा २ सय ५३ पुरुष र ८४ जना महिला उम्मेदवार रहेका थिए । प्रतिनिधी सभा सदस्यतर्फ राजनीतिक दलका ११ र स्वतन्त्र १० गरी २१, प्रदेश सभा सदस्यतर्फ राजनीतिक दलका २९ र स्वतन्त्र १४ गरी र स्थानिय तहका सदस्यतर्फ राजनीतिक दलका २१३ र स्वतन्त्र ६० गरी जम्ममा २ सय ७३ उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए ।

उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जना मतदाता रहेकोमा २ लाख ९७ हजार १ सय जनाले मतदान गरेको र यस उपनिर्वाचनमा सरदर ६५.४३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधी सभा सदस्यको निर्वाचन भएको कास्की निर्वाचन क्षेत्र नम्बर २ मा ६५ प्रतिशत (४६,५७५ मत) प्रदेश सभा सदस्यको निर्वाचन भएको भक्तपुरमा ७० प्रतिशत (३१,६८२ मत), बागलुङमा ६१ प्रतिशत (२१,२९५ मत ) र दाङमा ६७ प्रतिशत (४५,७१९मत) मतदान भएको छ ।

उपनिर्वाचन भएका विभिन्न स्थानीय तहका ४३ मध्ये ३९ वडाको मत परीणाम आइसकेको छ । जसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २२ वडाध्यक्ष जितेको छ ।
नेपाली कांग्रेस ११ वडाध्यक्ष जितेर दोस्रो स्थानमा छ भने समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) ले समान ३–३ वटामा वडाध्यक्ष जितेका छन् । अन्य दलले वडाध्यक्ष जित्न सकेका छैनन् । यसैबिच हुम्लाको खर्पूनाथ गाउँपालिका उपाध्यक्ष पदमा नेकपाकी रुपा शाही विजय हुनुभएको छ ।

कुन वडामा कसले जित्यो ?
१. हिलिहाङ–७ पाँचथर, कांग्रेस
२. फिदिम–१ पाँचथर, नेकपा
३. धनपालथान–२ मोरङ, कांग्रेस
४. खाँदबारी–३ संखुवासभा, नेकपा
५. धरान–७ सुनसरी परिणाम आउन बाँकी छ ।
६. साकेला–३ खोटाङ, नेकपा
७. पौवादुङ्मा–१ भोजपुर, नेकपा
८. छिन्नमस्ता–७ सप्तरी, राजपा
९. कल्याणपुर–१२ सिरहा, नेकपा
१०. मटिहानी–६ महोत्तरी, राजपा
११. बलवा–८ महोत्तरी, परिणाम आउन बाँकी छ ।
१२. बलवा–२ महोत्तरी, कांग्रेस
१३. गढीमाइ–२रौतहट , कांग्रेस
१४. सखुवाप्रसौनी–५पसा, समाजवादी
१५. हरिपुर्वा–१ सर्लाही, समाजवादी
१६. बारागढी–१ बारा, समाजवादी
१७. उमाकुण्ड–५ रामेछाप, नेकपा
१८. खैरहनी–४, चितवन कांग्रेस
१९. खैरहनी–५ चितवन, कांग्रेस
२०. भरतपुर–१६ चितवन, कांग्रेस
२१. धुलिखेल–२ काभ्रे, नेकपा
२२. दक्षिणकाली–३ काठमाडौं, नेकपा
२३. इन्द्रावती–८ सिन्धुपाल्चोक, नेकपा
२४. बढीगाड–२, बागलुङ नेकपा
२५. सुन्दरबजार–२ लम्जुङ, नेकपा
२६. बुङ्दीकाली–५ नवलपरासी, नेकपा
२७. मालारानी–३ अर्घाखाँची, कांग्रेस
२८. ऐरावती–१ प्युठान परिणाम आउन बाँकी छ ।
२९. ऐरावती–२ प्युठान, नेकपा
३०. प्युठान नगरपालिका–२, नेकपा
३१. घोराही–१६ दाङ, कांग्रेस
३२. कोहलपुर–६ बाँके ,नेकपा
३३. रुरु –६ गुल्मी, नेकपा
३४. थवाङ–१ रोल्पा, नेकपा
३५. शिवराज नपा– १० कपिलवस्तु, राजपा
३६. कुमाखमालिका–५ सल्यान, नेकपा
३७. आदर्श–२ डोटी, नेकपा
३८. मेल्लेख–५ अछाम, नेकपा
३९. पुरचौडी–४ बैतडी, नेकपा
४०. दोगडा केदार–४ बैतडी, कांग्रेस
४१. सुर्नया–१ बैतडी कांग्रेस
४२. पुनर्वास–३ कञ्चनपुर, नेकपा
४३. त्रिवेणी–१ बाजुरा, नेकपा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?