इन्द्रावती गाउँपालिकामा नेकपाका केदारप्रसाद विजयी

काठमाडौं । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ को वडाध्यक्षको नेकपा विजयी भएको छ ।

उक्त वडामा नेकपाका उमेदवार केदारप्रसाद आचार्यले ७१२ मत प्राप्त गरेर विजयी हुँनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका राले तामाङले ४३१ मत प्राप्त गर्नुभएको ।

राप्रपा (संयुक्त)ले १२, राप्रपाले ३ मत प्राप्त गरेको छ । ९ मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

अघिल्लो चुनावमा यहाँ नेपाली कांग्रसले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?